नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य


काठमाडौं – पहिलो टी–२० मा नेपालले अमेरिकालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो । उत्कृष्ट ब्याटिङ गरिरहेको नेपाल अन्तिम २ ओभरमा सम्हालिन नसक्दा रन बनाउन सकेको थिएन ।

नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान रोहित पौडेलले ४९ रनको पारी खेलेका थिए ।

नेपालका दीपेन्द्रले २८ रनमा आउट भएका थिए । उनले १७ बलमा उक्त रन बनाएका थिए ।

नेपालका लागि अनिल शाह र आशिफ शेखले २७/२७ रन बनाएका थिए भने गुल्सन झा ११ रन बनाउँदै आउट हुँदा कुशल भुर्तेल १० रनमा आउट भएका थिए ।

दीपेन्द्र आउट भएपछि मैदान आएका करण केसी भने पहिलो बलमै आउट भएका थिए । त्यस्तै करण आउट भएपछि आएका आरिफ शेख पनि पहिलो बलमै आउट भएका थिए । नेपालले चार बलमा ३ विकेट गुमाएको थियो ।

सोमपाल कामी २ रनमा आउट भएका थिए ।

अमेरिकाका लागि हरमित सिंह र सौरभ नेत्राभाल्करले २/२ विकेट लिएका थिए भने अलि खान, नौथुह केन्जी र जसदीप सिंहले १/१ विकेट लिएका थिए ।

 

 

प्रतिक्रिया