अमेरिकाविरुद्ध ब्याटिङमा नेपाल, ८ ओभरमा बन्यो ६० रन
काठमाडौं — नेपाल र अमेरिका बीचको तीन खेलको टी–ट्वेन्टी आई सिरिज आजदेखि सुरु भएको छ।
टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेको छ। सुरुमा ब्याटिङ गरेको नेपालले अहिलेसम्म ८ ओभरको खेलमा १ विकेट गुमाएर ६० रन बनाएर खेलीरहेको छ ।
नेपालका लागि कुशल भुर्तेल र आशिफ शेख ब्याटिङमा छन् । नेपालले पहिलो विकेटको रुपमा अनिल शाहलाई गुमाएको हो । अनिलले २७ रन बनाएर आउट भएका थिए ।
दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ।
यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग(टूका खेल हुनेछन्।
लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ। रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी–ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो।