जहाज उडाइरहेका पाइलटको निधन भएपछि…


काठमाडौं – इस्तानबुल उड्दै गर्दा बीच मै मृत्यु भएको छ । बिमान न्यूयोर्कमा आपतकालीन अवतरण गर्न बाध्य भएको बिमानसेवाले जनाएको छ ।

टर्की एयरलाइन्स (बिमानसेवा)का एक पाइलट (बिमानचालक)को उडानको बीचमा मृत्यु भएपछि टर्कीको राष्ट्रिय वाहक बिमानलाई न्यूयोर्कमा आपतकालीन अवतरण गर्दा पनि उनको मृत्यु भएको बिमानसेवाले बुधबार जनाएको छ। गत मंगलबार साँझ सियाटलबाट विमान उडेको केही समय पछि उनको ज्यान गएको एयरलाइन्सका प्रवक्ता याह्या उस्तुनले सामाजिक सञ्जालमा लेखेका छन् ।

विमान टिके २०४ मंगलबार राति सियाटलबाट उडान भरेपछि ५९ वर्षीय बिमानचालक इल्सेहिन पेहलिवानले केही समयमा होश गुमाएको उस्टनले बताए ।

“हाम्रो एयरबस ३५० का बिमानचालक … सियाटलबाट इस्तानबुलको लागि उडान टिके२०४ उडानको क्रममा उनको निधन भयो,” उनले सामाजिक संजालमा लेखेका छन् । “प्राथमिक उपचारको असफल प्रयास पछि अर्का बिमानचालक र सह-बिमानचालकको चालक दलले आपतकालीन अवतरण गर्ने निर्णय गरे, तर अवतरण गर्नु अघि नै उनको मृत्यु भयो।”

एक विज्ञप्ति जारी गर्दै एफएएले उडान न्युयोर्कको जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार अक्टोबर ९ मा स्थानीय समय अनुसार बिहान ६ बजे सुरक्षित रूपमा अवतरण भएको जनाएको छ ।

सन् २००७ देखि टर्किस बिमानसेवामा काम गरेका बिमानचालकले मार्चमा एक चिकित्सा परीक्षामा समेत सफलता हासिल गरेका थिए। उनको कुनै पनि स्वास्थ्य समस्याको कुनै संकेत नभएको उस्तुनले बताएका छन् ।

टर्किस बिमानसेवाले शोकसन्तप्त परिवार, सहकर्मी र उनका सबै प्रियजनहरूप्रति समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया