मुख्यमन्त्रीका पीएसओको दुर्घटनामा मृत्यु, ठक्कर दिने सवारी फरार


जनकपुर – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतका पीएसओको दुर्घटनामा मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले ठक्कर दिँदा मुख्यमन्त्री राउत चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक निरीक्षक मदनजंग कापरको मृत्यु भएको हो ।

मुख्यमन्त्री राउतको पीएसओको रुपमा कार्यरत कापरलाई ठक्कर दिने ट्रकको अहिलेसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

 

प्रतिक्रिया