फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया


काठमाडाैं-  धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकिएको छ ।

पहिले छानिएर अन्तर्वार्ता दिन बाँकी सदस्यलाई फेरि पनि अन्तरवार्ता दिन बोलाइएको थियो । शुक्रबार अध्यक्ष सिफारिस समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी पनि उपस्थित थिएनन् । अधिकारी बिरामी परेर अस्पताल भर्ना भएको कारण अन्तरवार्ताता रोकिएको बताइएको छ ।

अन्तर्वाताका लागि बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो ।​

सर्टलिस्टमा परेका ५ जना उमेदवारमध्ये यी तीन जनाले यसअघिनै दुईपटक सम्म अन्तर्वाता तथा कार्यप्रीस्तुतीका लागि तोकिएको समय बहिस्कार गरेका थिए । पुनः तेस्रो पटकको अन्तर्वाता पनि यी उमेदवारले बहिस्कार गरेका हुन् ।

प्रतिक्रिया