ढिस्कोमा पुरिएर हुम्लामा रोजगार शाखाका प्राविधिकसहित दुई जनाको मृत्यु


सिमीकोट– दशैँका लागि घर लिप्नका लागि माटो खन्ने क्रममा ढिस्कोमा परी दुई जनाको मृत्यु भएको छ ।

हुम्लाको दक्षिण भेगमा रहेको ताजकोट गाउपालिका-३ राम गाउँमा ढिस्कोमा परी उक्त गाउँपालिका रोजगार शाखाका प्राविधिकसहित दुई जनाको मृत्यु भएको हो ।

बुधवार बिहान भएको उक्त घटनामा मृत्यु हुने गाउँपालिका रोजगार शाखा सह-संयोजनक तथा प्राविधिक रामगाउँका धुब्र शाही र सोहि गाउँका २४ वर्षीय मनसरा मल्लको मृत्यु भएको छ ।

त्यस्तै मृत्तक दुवैसंग गएका २६ वर्षीय लालबहादुर शाही भने घाइते भएका छन् । लामो समयदेखि चाडपर्वमा कमेरो निकाल्दा ठूलो ओढार परेको ठाँउमा भित्र गएको समयमा माथिबाट आएको ढिस्कोमा पुरिएर दुवैको मृत्यु भएको हो ।

प्रतिक्रिया