अख्तियारका आयुक्तले ७ दिनको तलब बाढीपहिरो पीडितलाई दिने
काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तहरूले सात दिनको तलब बाढीपहिरो पीडितलाई दिने भएका छन् ।
प्रमुख आयुक्त/आयुक्तहरूले आफ्नो ७ दिनको तलब बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारमा १ प्रमुख आयुक्त र चार जना आयुक्तहरु रहेका छन् ।
त्यस्तै सचिवले पाँच दिनको, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रदान गर्ने भएका छन् ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अख्तियारले निर्णय गरेको छ ।