काभ्रेमा पहिरोले बीपी राजमार्ग अवरुद्ध


काठमाडौं-  अविरल वर्षापछि माथिबाट खसेको पहिरोले काभ्रेमा बीपी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान सबा ९ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ८ चारसयवेँसी भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पहिरोले सडक एकतर्फी नै अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उक्त स्थानमा सवारी आवागमनमा समस्या भएकाे छ ।

उक्त स्थानमा प्रहरी टोली खटिएको र सडक विभागसँग समन्वय गरि पहिरो हटाउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ।

प्रतिक्रिया