ब्रेन ट्युमरका कारण वडाध्यक्ष यादवको निधन


कपिलवस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ ।

ब्रेन  ट्युमरका कारण भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको हो ।

६८ वर्षीय  यादव नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।  यादवको निधनमा गाउँपालिकाले आज बिदा दिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए।

प्रतिक्रिया