राजस्व निरीक्षकलाई नियन्त्रणमा लिँदा तहसिलदार दम्पतीले जलाए २० लाख भारु (भिडियोसहित)


राजस्थान – भारतको राजस्थानस्थित सिरोही जिल्लामा एक दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाएका छन् । पिंडवाना नगरका तहसिलदार के कल्पेश जैन र उनकी पत्नी मिलेर बुधबार घरमै २० लाख भारु जलाएका हुन् ।

‘एन्टी करप्सन ब्युरो’ को टोली छापा मार्ने उद्देश्यले आफ्नो घरमा आएपछि सो दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख रुपैयाँ जलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ब्यूरोको टोलीले ढोका ढकढक्याइरहँदा जैन दम्पतीले ग्यास चुलो बालेर नगद रकम जलाइरहेका थिए । ब्यूरोको टोलीले नै झ्यालबाट उक्त दृश्यको भिडियो खिचिरहेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार भ्रष्टाचार निरोधक ब्युरोको एउटा टोलीले पिंडवाडाकै राजस्व निरीक्षक परबत सिंहलाई एक लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । सिंहले उक्त रकम पिंडवाडाकै तहसिलदार कल्पेशकुमार जैनका लागि लिएको बताएपछि ब्युरोको टोली उनको घरमा छापा मार्न पुगेको थियो ।

ब्यूरोको टोलीले तहसिलदार जैनलाई नियन्त्रणमा लिइसकेको छ । उनको घरबाट टोलीले जलेको अवस्थाका नोटसमेत बरामद गरेको छ ।ब्युरोका महानिर्देशक भगवानलाल सोनीका अनुसार स्थानीय प्रहरीको सहयोगमा ब्यूरोको टोली जैनको घरभित्र प्रवेश गरेको थियो । उनको घरबाट ५० हजार रूपैयाँसमेत बरामद भएको छ । एजेन्सी

https://twitter.com/Live_Hindustan/status/1374948358289125377?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1374948358289125377%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F173086%2F2021%2F3%2F25%2Findia-news-

प्रतिक्रिया