एरिका गुरूङले जितिन् ऐतिहासिक रजत पदक, फाइनलमा पराजित


काठमाडौं- २०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा सीमित भएकी छिन् ।

चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन् ।

उनले प्राप्त गरेको रजत पदक पनि नेपालका लागि ऐतिहासिक पदक हो । एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो ।

 

प्रतिक्रिया