प्रधानाध्यापक खतिवडा ११ दिनदेखि सम्पर्कविहीन


काठमाडौं-  ओखलढुंगाको मोलुङ गाउँपालिकाका–४, जरायोटारका एक शिक्षक ११ दिनदेखि सम्पर्कविहीन छन् । सुनकोसी गाउँपालिका–७, च्यानामस्थित प्रबुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुप्रसाद खतिवडा काठमाडौंको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका हुन् ।

प्रबुद्ध माविले जारी गरेको सूचनामा उनी भदौ १६ गते विद्यालयको कामका सिलसिलामा लहान गएका र त्यतैबाट काठमाडौं आएका उल्लेख छ । उनी भदौ २१ गते ओखलढुंगा फर्कन भनेर निस्किएपछि सम्पर्कविहीन भएका विद्यालयले जनाएको छ ।

असोज १ गते बिहानसम्म उनी कसैको सम्पर्कमा नआएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार, खतिवडा भदौ २१ गते छोराछोरी बस्ने बूढानीलकण्ठस्थित डेराबाट घर जान भन्दै निस्किएका थिए ।

त्यसपछि उनी छोराछोरी र ओखलढुंगामा भएका परिवारको समेत सम्पर्कमा छैनन् ।

प्रतिक्रिया