आज पृथ्वीको नजिकबाट जानेछ ‘अन २०२४’, अलर्टमा नासा !


काठमाडाैं- अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको अलर्टका अनुसार आज १५ सेप्टेम्बर २०२४ को राति ‘अन २०२४’ नामक क्षुद्रग्रह पृथ्वीकाे नजिक पुग्नेछ ।  जसको गति लगभग २५ हजार माइल प्रतिघण्टा छ । लगभग ७२० फिट विशाल क्षुद्रग्रह पृथ्वीबाट ६ लाख २० हजार माइलको दूरीबाट पार हुनेछ ।

अन्तरिक्षको दुनियाँमा यो दूरी निकै ठूलो भएकाले नासाले  पृथ्वीसँग ठक्कर नहुने सम्भावना व्यक्त गरेको छ तर, कुनै कारणले यसको दिशा परिवर्तन भएमा ठक्कर हुनसक्छ । यो क्षुद्रग्रह आकारमा २ क्रिकेट पिच जत्तिकै ठूलो छ ।

नासाको नियर-अर्थ वस्तु अवलोकन कार्यक्रमका वैज्ञानिकहरूले क्षुद्रग्रह अन २०२४’ लाई यसको विशाल आकार र उच्च गतिका कारण नजिकबाट नजर राखिरहेका छन् ।  यसका लागि क्यालिफोर्नियाको पासाडेनास्थित जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) को राडार र अप्टिकल टेलिस्कोपको प्रयोग भइरहेको छ। यद्यपि यसको तीव्र गति र साइडका कारण पृथ्वीमा ठोक्किने सम्भावना कम छ, तर पनि वैज्ञानिकहरूले यसको गति र पक्षलाई निरन्तर ट्र्याक गरिरहेका छन्, ताकि आवश्यक पर्दा अलार्म बजाउन सकियाेस् ।

यदि यो पृथ्वीको नजिकबाट गएमा,  यसको लहरहरूले पृथ्वीलाई असर गर्नेछ । जसले पृथ्वीमा कम्पन ल्याउनसक्ने नासाले जनाएकाे छ ।

प्रतिक्रिया