सभ्यता संस्कृति बिग्रिए फेरि जगेर्ना गर्न सकिन्न : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक र आर्थिक स्थिति बिग्रिए सुधार्न सकिए पनि संस्कृति र सभ्यता बिग्रिए फेरि जगेर्ना गर्न नसकिने बताएका छन्।

प्रधानमन्त्री ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएको चर्चा गर्दै त्यही कारणले पनि सांस्कृतिक हिसाबले नेपाल सम्पन्न भएको बताए। ललितपुरमा शनिबार आयोजित ज्यापू समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारण सभामा सो धारणा राखे।

उनले भने, ‘हाम्रो संस्कृति र सभ्यतालाई युवापुस्तामा पुस्तान्तरण गर्दै जानु हामी सबैको दायित्व हो। यस दायित्वमा ज्यापू समाजको योगदानलाई म धन्यवाद भन्न चाहान्छु।’

उनले नेवार समुदायको भान्छामा पाक्ने खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमायुक्त रहेको चर्चा गरे। प्रधानमन्त्री ओलीले ज्यापू समाजका सदस्यका रूपमा समाजका विभिन्न पेसा र क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वलाई सम्मान गरे।

 

प्रतिक्रिया