वीरगञ्जको होटलबाट बंगलादेशी नागरिक पक्राउ


वीरगञ्ज– पासपोर्ट र भिसाबिना वीरगञ्जको होटेलमा बस्ने एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बंगलादेश सिलेट होबीगंज होल्डिङ नं.७७७ ठेगाना भएका २९ बर्षीय महमद सहादत हुसेन छन्।

बिहीबार प्रहरीले चाँडपर्वलाई लक्षित गरी वीरगञ् स्थित रहेका होटलहरूको चेकजाँच गरेको थियो । सो क्रममा वीरगञ्ज महानगरपालिका–१६ बसपार्क स्थितमा रहेको आर्यन होटल एण्ड लजको कोठा नं.२०२ af6 उनी पक्राउ परेका हुन् । सोधपुछ गर्दा उनको साथमा पासपोर्ट र भिसा लगायतका कागजहरु नरहेकोले पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।

पक्राउ परेका हुसेनलाई आवशयक कारवाहीको लागि अध्यागमन कार्यालय वीरगञ्जमा बुझाइएको छ ।

प्रतिक्रिया