सुन प्रकरणमा पक्राउ परे क्यासिनो वाल्डोका सञ्चालक फ्लोरेन्स


काठमाडौं – ६० किलो सुन तस्करी प्रकरणमा जोडिएको ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालक फ्लोरेन्स पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको एआईजी दीपक थापाले बताए । छायाँ सेन्टरमा रहेको क्यासिनोका सञ्चालकलाई मंगलबार पक्राउ गरेर अदालत उपस्थित गराइएको उनको भनाइ छ । अदालतमा उनको बयान भइरहेको छ । उनको बयानपछि अदालतले थुनामा पठाउने, धरौटी लिएर छाड्ने अथवा साधारण तारेखमा छाड्ने मध्ये एउटा आदेश दिनेछन् ।

फ्लोरेन्सको सुन तस्करीमा संलग्न चिनियाँ तस्कर समूहसँग सम्बन्ध रहेको खुलेको थियो । मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो ।

सुरुमा उनीविरुद्ध मुद्दा चलेको थिएन । तर, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन जाँचबुझ आयोगले उनलाई पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यसपछि उनलाई पनि प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो ।

 

प्रतिक्रिया