मधेश प्रदेशका डिआइजी पोखरेल कार्वाहीमा, बैंक खाता छानबिनपछि तानिए हेडक्वाटर


काठमाडौं – नेपाल प्रहरीका ३ डीआईजीको सरुवा भएको छ। आज गृह मन्त्रालयले प्रहरीका ३ डीआईजीको सरुवा गरेको हो।

डीआईजीत्रयको सरुवा भएको प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले जानकारी दिए।

जसमा डीआईजी लालमणी आचार्यलाई मधेस प्रदेश पठाइएको छ। आचार्य, भरतपुर तालिम केन्द्रमा कार्यरत थिए। यस्तै डीआईजी राजेशनाथ बास्तोलालाई भरतपुरस्थित प्रहरीको शिक्षालय र मधेशका डीआईजी यज्ञविनोद पोखरेललाई हेडक्वार्टर तानिएको छ।

पोखरेललाई अहिले प्रदेश समन्वय विभागमा सरुवा गरिएको हो। यस अगाडि उनीमाथि तराईका तस्कर र बिचौलियाबाट अनुचित लाभ लिएको भन्दै प्रहरी प्रधान कार्यालयले छानविन गरेको थियो।

उनले खटाएका घुमुवालाई समेत झिकाएर प्रहरी प्रधान कार्यालयले विस्तृत छानविन गरेको थियो। अब सरुवापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीमाथि छानविन गर्ने तयारी गरेको छ। छानविनमा उनी दोषी देखिएकाले उनलाई तानिएको स्रोतले बतायो ।

प्रतिक्रिया