कागेश्वरीमा ‘जनचेतनामुलक पाठ्य सामग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम’


काठमाडाैं- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा ‘जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम’ सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट जनचेतनामूलक पाठ्य सामग्री तयार गरी कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा नगरपालिका भित्रका सम्पूर्ण सार्वजनिक नीजि तथा संस्थागत विद्यालय प्रधानाध्यपकहरुसँग अनिवार्य पठनपाठन हुने गरी जनचेतनामूलक पाठ्यसामग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न भएकाे हाे ।

विद्यालय स्तरका बालबालिकालाई लागुऔषध दुर्व्यसनी, साईबर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत विभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन तथा  विद्यालयमा शिक्षक वर्गमार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धी गरी अपराध न्यूनीकरण र नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ उक्त कार्यक्रम गरिएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले पाठ्यक्रममा उल्लेखित विषयवस्तुहरुको बारेमा प्रस्तुतीकरण दिएका थिए ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा उपप्रमुख शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे अतिथि रहेका थिए ।

 

प्रतिक्रिया