हिमालयन चिया बगानमा पूर्वराजा र राप्रपा अध्यक्षकाे ‘लन्च मिटिङ’


काठमाडौं-  पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच झापामा भेटवार्ता भएको छ ।

झापामा रहेका पूर्वराजा शाहलाई भेट्न बुधबार राप्रपा अध्यक्ष लिङ्देन दमकस्थित हिमालयन चिया बगानमा पुगेका हुन् ।

लन्च मिटिङसहितको करिब चार घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ ।  राजसंस्था पुनःस्थापनाको एजेण्डालाई निरन्तर उठाउँदै आएको राप्रपा अध्यक्ष र पूर्व राजाबLचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अध्यक्ष लिङ्देनले सोमबार विराटनगरमा र मंगलबार विर्तामोडमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार पूर्वराजालाई भेट्न पुगेका थिए ।

 

प्रतिक्रिया