संसद्‌मै मागियाे उपसभामुखको राजीनामा


काठमाडौं- नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । आज मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्यप्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे।

‘नैतिकताको कुरा उठेको छ। पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ ।  उपसभामुखले राजीनामा दिन माग गर्दछु’ उनले भने

उपसभामुख रानामगरले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा असम्बन्धित व्यक्तिलाई सहभागी गराउन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

 

प्रतिक्रिया