

सुन्दरीजलमा भेटियो युवतीको शव

काठमाडौं- काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ । सुन्दरीजलको खोला किनारको चेपमा शव भेटिएको हो ।
शव रहेको भन्ने जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अहिलेसम्म शवको पहिचान भएको छैन ।

