मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्छ: मुख्यमन्त्री कार्की


काठमाडौं – कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन्।

आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले तीजपछि मात्रै सरकार विस्तार हुने जानकारी दिए। उनले कांग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गरे। उनले भने, ‘कांग्रेसको हिडाइ बिस्तारै भयो, गति बढाउनुहोस्।’

मुख्यमन्त्री कार्कीले कांग्रेसकै आफ्नो कारणले सरकार बिस्तारमा ढिलाइ भएको बताउँदै अब चाँडै मन्त्रिपरिषद बिस्तार हुन्छ। उनले सरकार बिस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जति चाडो सरकार बिस्तार हुन्छ त्यति सरकारले गति लिने बताए।

अहिलेको सरकार शासकीय सुधार तर्फ लागेको र विकासका योजनाहरूलाई तीब्र गति दिइने बताए।

प्रतिक्रिया