धुम्बाराहीबाट थापाथली हाइट सर्ने भयो एमाले मुख्यालय

बुधबार नयाँ पार्टी कार्यालयको भवन अनुगमन गर्दै अध्यक्ष तथा प्रधानमन्त्री ओली


काठमाडौं– सडक विस्तारको कामले आवत जावतमा समस्या हुने भएपछि नेपाल कम्युनिस्ट पार्टी एमालेको धुम्बाराहीस्थित मुख्यालय सर्ने भएको छ।

महाभूकम्पमा बल्खुमा रहेको मुख्यालय भवन भत्काइएको छ। नयाँ कार्यालय भने थापाथली हाइटमा तय गरिएको छ। बल्खुमा नयाँ भवन नबनेसम्म थापाथली हाइटमा नै एमाले मुख्यालय रहनेछ।

उक्त स्थानमा रहेको भाडामा लिइने भवनको अनुगमन गर्न बुधबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली जाने भएका छन्। उनले अनुगमन गरेपछि मुख्यालय सार्ने काम सुरु हुने बताइएको छ।

प्रतिक्रिया