प्रधानमन्त्री ओलीलाई धुलिखेल लगेको हेलिकप्टर बिग्रिएपछि…


काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई बाेकेर काभ्रेको धुलिखेल पुगेकाे हेलिकप्टर बिग्रिएको छ ।

काठमाडौं विश्वविद्यालयको २९ औं दिक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री ओली चढेको नेपाली सेनाको एनए ०६७ कलसाइनको हेलिकप्टर बिग्रिएको हो ।

हेलिकप्टर बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई लिन अर्को हेलिकप्टर गएको थियाे । नेपाली सेनाको अर्को हेलिकप्टरमा प्रधानमन्त्री ओली धुलिखेलबाट फर्किसकेका छन् ।

बिग्रिएको  हेलिकप्टरलाई अहिले नेपाली सेनाका इन्जिनियरहरूले मर्मत गरिरहेका छन् ।

प्रतिक्रिया