ललितपुरको कान्तिपुर कोलोनी नजिकैको झाडिमा चितुवा !


ललितपुर- ललितपुर महानगरपालिका वडा-१४ स्थित कान्तिपुर कोलानी नजिकैको झाडिमा चितुवा देखिएकाे स्थानीयले बताइरहेका छन् । चितुवाको आतंकले कोलोनीभित्र बस्नेहरु त्रसित भएका छन् ।

कोलोनी टोल विकास समितिका अध्यक्ष जितेन्द्र भण्डारीका अनुसार, माउ चितुवा र छाउरासहित चारवटा चितुवाले एक महिनादेखि आतंकित पारेको छ ।

स्थानीयले प्रहरी, प्रमुख जिल्ला अधिकारी, वन कार्यालय र वडा कार्यालयलाई पनि सूचित गरेको तर अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।

जिल्ला वन कार्यालय ललितपुरका वन अधिकृत थिरप्रसाद कोइरालाले आफूहरुले चितुवालाई नियन्त्रणमा पार्न प्रयास गरेको तर नसकेको बताए ।  उनले बच्चा हुर्काउन चितुवा त्यहाँ बसेको बताए । आफूहरुसँग स्रोत साधन नभएकाले त्यसलाई समातेर लैजान काठमाडौं वन कार्यालयलाई भन्ने उनले बताए ।

प्रतिक्रिया