एआईजी ज्ञवालीसहितको रिटको पेशी न्यायाधीश सुवेदीको इजलासमा


काठमाडौं – नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना प्रहरी अधिकृतहरुले दायर गरेको रिटको पेशी न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुवेदीको इजलासमा प्रारम्भिक सुनुवाइ गर्नेगरी पेशी तोकिएको हो ।

उमेर हदका कारण अवकाशमा जान लागेका पाँच जना प्रहरीले अवकाश कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए।

एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराएका थिए ।

निवेदकहरूले उमेरहदका कारण अवकाश नगर्न माग गरेका छन् ।

प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ ।

उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका छन् ।

प्रतिक्रिया