शंखमुलको स्नुकरमा हत्या प्रकरण: एक आरोपित पक्राउ


काठमाडौं- काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमार छन् ।

भदौ १० मा बिहान ४० वर्षीय रूपक बान्तवाले आफ्नै घरमा सञ्चालन गरेको स्नुकरमा बान्तवाकोको हत्या भएको हो । बिहान १ बजेर ५० मिनेटमा सूचना पाएपछि प्रहरी पुग्दा बान्तवा स्नुकर रुमको सोफामा रगतपच्छे अवस्थामा पल्टिरहेका थिए ।

मिनभवनस्थित सिभिल अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । एमके कुमारलाई घटनास्थल नजिकैको रहेको उनको डेराबाट पक्राउ गरिएको हाे ।

प्रतिक्रिया