योगेशको शब्दचयनप्रति माओवादी सांसदकाे आपत्ति, संसदभित्रै भयो भनाभन 


काठमाडौं – प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति गरेका थिए ।

त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच भनाभन भएको थियो ।

सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन दिएपनि विवाद बढेको थियो ।

माओवादी केन्द्रक प्रमुख सचेतक हितराज पाण्डेले संसद नियम अनुसार संसद नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया