नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा


काठमाडौं- साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखाएकाे छ ।

 

 

प्रतिक्रिया