ट्वीटरको नयाँ फिचर सुरु, एपभित्रै युट्युब भिडियो
एजेन्सी – विभिन्न प्रविधिलाई पछ्याउदै यतिबेला विश्व अघि बढिरहेको अवस्था छ । प्रविधिको विस्तार सँगै ट्वीटर प्रयोगकर्ताहरुले केही समयपछि ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सकिने भएको छ ।
माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दिनमा नयाँ फिचर ल्याउनका लागि काम गरिरहेको छ । उक्त नयाँ फिचरसँगै ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सक्नेछन् ।
ट्वीटरको प्लाटफर्ममा फोटो, टेक्स्ट, जीआईएफ तथा भिडियो समेत सिधै हेर्न सकिन्छ । तर जब युट्युब भिडियो लिंकयुक्त ट्वीट हुन्छन् तब प्रयोगकर्ताले उक्त लिंकमै क्लिक गर्नुपर्दछ । त्यसरी क्लिक गरेपछि मात्र युट्युब भिडियो खुल्दछ छुट्टै पेजमा । यो नयाँ फिचरको परीक्षण चलिरहेको बताइएको छ र हालका लागि आईओएस प्लाटफर्ममा परीक्षण भइरहेको छ ।
प्रयोगकर्ताको यहीँ हैरानीलाई मध्यनजर गर्दै ट्वीटरले नयाँ फिचर सुरु गर्न लागेको हो । जस अनुसार अब ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटर एपबाट बाहिर ननिस्किकनै युट्युब भिडियो हेर्न पाउनेछन् ।