भैंसीले मारेको बाघको पोस्टमार्टम रिपोर्टमा के देखियो ?


काठमाडाैं-  मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको छ । आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो भने बाघको आक्रमणबाट भैँसी घाइते भएको छ ।

घटनापछि चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा मृत बाघको पोस्टमार्टम गरिएको थियाे । पोस्टमार्टममा रिपोर्टका अनुसार भैंसीको प्रतिकारमा मरेको बाघ पहिलेदेखि नै घाइते र अशक्त रहेको पाइएको छ ।

पोस्टमार्टममा संलग्न निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय श्रेष्ठले उक्त बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको जानकारी दिए । उक्त बाघ ८ वर्षजति उमेरको भएको उनले बताए ।

दुब्लाएर अत्यन्त अशक्त भएका कारण बस्ती छिरेको बाघ भैंसीको गोठमा पुगेको र भैंसीले  आफ्नो रक्षाका क्रममा हान्दा बाघको संवेदनशील स्थानमा लागेर मृत्यु भएको हुनसक्ने उनले बताए ।

बाघकाे टाउकोमा र शरीरको पछिल्लो भागमा नयाँ घाउ देखिएकाे छ । टाउकोको चोटले बाघकाे ज्यान गएकाे हुनसक्ने डा.श्रेष्ठले बताए ।

 

प्रतिक्रिया