भारतमा सवारी दुर्घटना, १२ महिलासहित १३ जनाको मृत्यु


नयाँ दिल्ली – भारतको मध्य प्रदेशमा पर्ने ग्वालियरमा आज (मंगलबार) बिहान ठूलो दुर्घटना भएको छ ।

त्यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको हो । ग्लालियर प्रहरीका अनुसार मृतकमा १२ महिला र एक पुरुष छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार राज्य सरकारले मृतकका परिवारलाई जनही ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । एजेन्सी

प्रतिक्रिया