नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश


काठमाडौँ – घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको छ ।

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइलनमा पुगेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो । श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ए बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आफ्नो समूहको दोस्रो खेल भाद्र ६ गते बंगलादेशसँग खेल्नेछ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

प्रतिक्रिया