आज धौलीगङ्गाको बाँध खाेलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


कञ्चनपुर – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि कञ्चनपुरको महाकाली तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सार्वजनिक सूचनाअनुसार परियोनाको बाँधको सिल्ट सफाइ गर्नका लागि बाँधका ढोका खोलिने भएका हुन् ।

भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते साँझसम्म बाँध सफा गर्न ढोका खोल्न लागेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जनाए ।

बाँध खोलिएपछि महाकाली नदीको जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन भनिएको छ ।

प्रतिक्रिया