लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने


बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिएका हुन् ।

आचार्य साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको ३० भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

आचार्यको नेतृत्वमा एमाले र कांग्रेसका ४/ मन्त्री नियुक्त भएका छन् । एमालेले मुख्यमन्त्री सहित ५ र कांग्रेसले ५ मन्त्रालय भागबन्डा गरेका थिए । १२ मन्त्रालय रहेको लुम्बिनीमा दुई मन्त्रालय साना दललाई दिने सहमति भएको छ । कांग्रेसबाट एक र साना दलबाट दुई मन्त्री नियुक्त गर्न बाँकी छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आचार्यले विश्वासको लिएपछि सरकारलाई पूर्णता दिने तयारी छ ।

हाल गठबन्धनमा साना दलहरुमा नागरिक उन्मुक्ति पार्टीका ४ जनमत ३, लोसपा ३ जसपा २ जसपा नेपाल १ जना सांसद रहेका छन् । लुम्बिनी प्रदेशसभामा ८७ सदस्य रहेका छन् ।

प्रतिक्रिया