कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपाल प्रहरीका अवकाशप्राप्त डिआईजी एवं अभियन्ता रमेश खरेलले घिसिङविरुद्ध मंगलबार उजुरी हालेका हुन् ।

पछिल्लो समय उद्योग व्यवसायीसँग प्राधिकरणको विद्युत महसुल र अन्य विषयमा लिएर विवाद भइरहेका बेला खरेलले उजुरी दिँदै छानबिनको माग गरेको कागजपत्रसँगको कुराकानीमा जनाएका छन् ।

घिसिङले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी पीपीए गरेको खरेलले उजुरीमा उल्लेख गरेका छन् । ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानून मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको खरेलको दाबी छ ।

 

प्रतिक्रिया