हड्तालमा उत्रिएका बंगलादेशका प्रहरीले लिए आन्दोलन फिर्ता


एजेन्सी – बंगलादेशमा हड्तालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

सरकारसँग भएको बैठकपछि उनीहरूले आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।

आफूहरूले राखेका अधिकांश माग पूरा हुने आश्वासन पाएपछि आन्दोलन फिर्ता लिएको प्रहरी अधिकारीहरुको दाबी छ ।

प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच देशभर झडप भएपछि बंगलादेश प्रहरी अधीनस्थ कर्मचारी युनियनले अगस्ट ६ मा बन्दको घोषणा गरेको थियो ।

प्रतिक्रिया