‘जनार्दन शर्मा एमालेमा जाँदैछ भनेर खुमलटारबाट हल्ला फिँजाइयो’


काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालबाटै आफूविरुद्ध पार्टी विभाजनको हल्ला चलाईएको बताएका छन् ।

स्थायी कमिटी बैठकमा पेश गरिएको प्रस्तावमा शर्माले यस्ताे भनेका हुन् ।  ‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तिव्रता दिईयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरि पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिरउन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो । देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ’ उनले भनेका छन् ।

मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरु रहेकाे उनले बताए ।

यस्तो छ शर्माको धारणा :

 

प्रतिक्रिया