सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन


काठमाडौं- सहकारी ठगीमा परेका एक पीडितको उपचार नपाएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हाे ।

स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् । सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन् ।

राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन् ।

स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भए पनि जम्मा गरिदिन आग्रह गर्दासमेत सञ्चालक राईले नटेरेको मृतकका आफन्तको गुनासो छ ।

प्रतिक्रिया