हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको शव अझै सनाखत भएन


काठमाडौं- गत  बुधबार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा हुँदा मृत्यु भएका चिनियाँ नागरिकको शवकाे पहिचान अझै हुन सकेकाे छैन । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचानका लागि तथ्याङ्क संकलनको काम भइरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए ।

परिवारबाट तथ्य संकलनमा ढिलाई भएपछि पहिचान खुल्न नसकेको उनले बताए ।  ‘परिवारका आफन्तबाट मृतकको हुलियाको तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘तर पूर्णरुपमा तथ्यांक प्रप्त हुन सकेको छैन, शव सुरक्षित राखेको छौँ ।’

गत २३ गते बुधबारकाठमाडौं विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया