

बजेट नल्याई सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

धनगढी – यही साउन ८ गतेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभा अधिवेशन आज रातिदेखि अन्त्य हुँदै छ ।
तत्कालीन विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले लगायतले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका थिए ।
कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठित प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आज राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अधिवेशन अन्त्यसँगै सरकारलाई अध्यादेशमार्फत चालु आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याउन सक्ने बाटो खुलेको छ ।

