

काभा भलिबलः श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काठमाडौं – भारत काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ को फाइनल प्रवेश गरेको छ ।
भारतले पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३- ० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान बनाएको हाे ।
मंगलबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई २५-१५, २५-१६, २५-२३ ले हरायो ।
सुरुवाती दुई सेटमा सहज जित हात पारे पनि तेस्रो सेटमा सुरुवातमा श्रीलंकाले १२-८ को अग्रता लिएपछि भारतलाई केही कठिन परेको थियो ।
भारतले अब दोस्रो सेमिफाइनलमा इरान र नेपालबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनल केहीबेरमा हुँदैछ ।

