जाजरकोटमा जिप दुर्घटना हुँदा १४ जना घाइते


सुर्खेत-  जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो २ बजे जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा हुँदा १४ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार ३ जनाको अवस्था गम्भीर रहेको छ ।

उपरीक्षक पाण्डेले घाइते ५ जनालाई जिल्ला अस्पतालमा जाजरकोटमा लगिएको जानकारी दिएका छन् । घटनाका बारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया