अन्तरिम सरकार गठन गर्ने बंगलादेशी सेना प्रमुखको घोषणा
ढाका – बंगलादेशमा राजनीतिक संकट उत्पन्न भएसँगे बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।
सेनाका प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ ।
लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।
उनले अन्तरिम सरकार बनाउनका लागि अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको बताएका छन्।