दाङ जीप दुर्घटनाः घाइते केसीको उपचारका क्रममा मृत्यु


दाङ – दाङमा जीप दुर्घटनामा घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सल्यानको त्रिवेणी गाउँपालिका-३ टाड्केका ४६ वर्षीय यमबहादुर केसीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । टाउको र छातिमा गम्भीर चोट पटक लागेका उनलाई उपचारका क्रममा गएराति करिब पौने ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

आइतबार बेलुकी साढे ७ बजेतिर तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आफै अनियन्त्रित भइ शान्तिनगर गाउँपालिका – १ हाँडीचारमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया