विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त


काठमाडौं- उर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाएको छ ।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै साउन १८  दुवै जनालाई उर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ७ साउनमा प्राधिकरण सञ्चालक समितिको बैठकले यो विवादमा विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो । सो निर्णयमा पुन र आचार्यले भने फरक मत लेखेका थिए ।

नेपाल विद्युत् प्राधिकरण ऐनको दफा ९ मा नेपाल सरकारले विद्युत् प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था गरेको छ । सञ्चालक समिति सदस्यहरूको पदावधि ४ वर्षको हुने व्यवस्था छ । तर सरकारलाई चित्त नबुझे हटाउन सक्ने व्यवस्था पनि रहेको छ ।

प्रतिक्रिया