मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु


चितवन – मौलाकाली केबलकारको निर्माणाधीन भवनको चार तलाबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीस्थित गैंडाकोट नगरपालिका(१ मौलाकालिका मन्दिरस्थित मौलकाली केबलकारको चार तला माथिबाट खसेर मजदुरका रुपमा कार्यरत गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार राति चार तला माथिबाट खसेर बाराको जितपुर उपमहानगरपालिका–२० निवासी २२ वर्षीय पटेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राति बिहीबार मृत्यु भए पनि खबर बिहान मात्रै आइपुगेको थियो । कुर्मीको शव पोस्टमार्टमका लागि अहिले भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले बताएका छन् ।

प्रतिक्रिया