

कक्षा १२ को नतिजा सुधारोउन्मुख

काठमाडौँ – कक्षा १२ को नतिजा सुधारोउन्मुख देखिएको छ ।
२०७९ सालको तुलानामा २०८० सालको नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जिपिए ल्याउने रहेका छन् ।
सबैभन्दा कम १.६१ देखि २.० जिपिए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् । त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८,२४०, २.४१–२.८० सम्म ल्याउने ६१,०३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८,०७५, ३.२१–३.६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी रहेका छन् ।
त्यस्तै ३.६१–४.० जिपिए ल्याउने विद्यार्थीको संख्या ९५९१ रहेको छ ।

