म निष्ठापूर्व काम गर्न प्रतिबद्ध छु: मन्त्री पाण्डे


काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिबद्ध रहेकाे बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयाेजित नेपाल लाेकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगकाे छलफल एवम अन्तरक्रिया कार्यक्रममा बाेल्दै उक्त कुरा बताएका हुन् । उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनकाे विकास हुन दाबी गरे । आफू हाल १८ घण्टा मन्त्रालयकाे काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिवद्वता व्यक्त गरे ।

मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताकाे विश्वासमा कुठाराघात नगरि निष्ठा पूर्वक काम गर्न प्रतिवद्व रहेकाे बताए ।

साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुककाे समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिद्वता दाेहाेर्याए । पर्यटन व्यवसायी आफैंमा थिङट्याक्क भएकाले निष्कर्ष र निचाेड सहितकाे सुझाव दिन समेत आग्रह गरे ।

प्रतिक्रिया