भारतीय सेनाको पहिलो महिला मेडिकल महानिर्देशक बनिन् डाक्टर साधना, काे हुन् उनी ?


काठमाडाैं- लेफ्टिनेन्ट जनरल साधना सक्सेना नायर भारतीय सेनाको मेडिकल सेवा महानिर्देशक बनेकी छिन् । उनी उक्त पद सम्हाल्ने पहिलो महिला भएको बताइएको छ ।

साधनाले सशस्त्र बल मेडिकल कलेज, पुणेबाट स्नातक गरेकी हुन् । साधना सक्सेना नायर डिसेम्बर १९८५ मा वायुसेनामा भर्ना भएकी थिइन् । उनको परिवारले पनि सात दशकदेखि सेनामा रहेर देशको सेवा गर्दै आएको छ ।

को हुन् साधना सक्सेना नायर ?

लेफ्टिनेन्ट जनरल साधना सक्सेना नायर देशको पहिलो महिला डीजी मेडिकल सर्भिसेज (सेना) नियुक्त भएकी छिन् । उनले अगस्ट १, २०२४ देखि महानिर्देशक चिकित्सा सेवा (सेना) को पदभार ग्रहण गर्दैछिन् । यसअघि पनि धेरै क्षेत्रमा पहिलो महिला बन्ने कीर्तिमान उनको नाममा थियो ।

साधना सक्सेना नायरका पतिको नाम केपी नायर हो जो सेवानिवृत्त एयर मार्शल हुन् । नायर दम्पती भारतीय वायुसेनाको पहिलो र अहिलेसम्म एकमात्र एयर मार्शल जोडी हुन् ।

विगत सात दशकदेखि सेनामा कार्यरत साधना सक्सेनाको परिवारका तीन पुस्ता भारतीय वायुसेनासँग आवद्ध छन् । उनले सशस्त्र बल मेडिकल कलेज, पुणेबाट एमबीबीएस डिग्री हासिल गरेकी छिन् । उनले पारिवारिक चिकित्सामा स्नातकोत्तर पनि गरेका छन् । साधना सक्सेनाले एम्स नयाँ दिल्लीबाट मेडिकल इन्फर्मेटिक्समा दुई वर्षको तालिम पूरा गरिन् ।

प्रतिक्रिया